एनी चर्च ब्वाइजको किट्स पार्टनर

काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिगको नव प्रवेशी क्लब चर्च ब्वाईज युनाईटेडले किट्स पार्टनरको रुपमा एनी ब्राण्डसँग सम्झौता गरेको छ।

चर्च ब्वाइजले नेपाली खेलकुद पोशाक उत्पादक कम्पनी एनीसँग बुधबार १ वर्षको लागि किट्स पार्टनरको रुपमा सम्झौता गरेको हो। सम्झौतामा क्लबका अध्यक्ष टंकलाल राई, उपाध्यक्ष जनारञ्जन देवकोटा र एनीका अध्यक्ष सन्तोष थोप्रा र काठमाडौँ मार्केटिङ प्रतिनिधि विजय प्रधानले हस्ताक्षर गर्दे आदान-प्रदान गरेका थिए।

सम्झौतासँगै एनीले चर्च ब्वाइजलाई २५ लाख रुपैयाँ बराबरको किट्स उपलब्ध गराउनेछ। यस्तै चर्च ब्वाइजले हरेक कार्यक्रममा एनीलाई अघि सार्नेछ। चर्च ब्वाइज ‘बी’ डिभिजन लिगको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो। ‘ए’ डिभिजन लिग पुसमा सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×