काठमाडौँ- गायिका एलिना चौहानको स्वर रहेको तीजगीत गम्किदे मादलु सार्वजनिक भएको छ। गीतका शब्द गीतकार लोकराज अधिकारीले लेखेका हुन्।
गीतको संगीत सरोज कोइरालाले गरेका हुन भने संगीत संयोजन पुष्कर खत्रीले गरेका छन्। रिपोटर्स क्लब अमेरिकाको प्रस्तुति रहेको गीतको मिक्सीङ कृष्ण पुनले गरेका छन्।
गीतको आवाज रेकर्डिङ अस्ट्रेलियामा रहेको नेपमेलो स्टुडियोमा गरिएको हो भने बाँकी का नेपालमा रहेको म्युजिक बैंकमा गरिएको हो। रेर्कडिष्ट समीर आचार्य र विजय मगर हुन्। गीतको भिडियो छाँयाङकन अमेरिकामा गरिएको हो।
राजीव आचार्य र मनोज धितालले खिचेको भिडियोलाई राजु बस्नेतले सम्पादन गरेका छन्। भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका छन् भने भिडियो रिपोटर्स क्लब अमेरिकाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियोमा कामना खरेल,सृष्टि शर्मा उप्रेती, लक्ष्मी ढुङ्गाना, सन्जु घिमिरे सङ्ग्रौला, रिना कार्की, र भूमिका ओझा लगायतका अमेरिकामा रहेका नेपाली चेलीहरूको अभिनय छ। गीतकाे कोरियोग्राफी आशा ओझाले गरेकी हुन्।
गीतकार अधिकारीले यसअघि पनि माैलिपकन बोकेका तीजगीत निकाल्दै आएका छन्।