एमालेलाई राष्ट्रपति दिनु उचित हुँदैन : नेता नेपाल

कास्की - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेबाट बनाएमा उचित नहुने बताएका छन्। समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले त्यस्तो बताएका हुन्।

नेपालले शक्ति सन्तुलनका हिसाबले पनि एमालेलाई राष्ट्रपति दिन नहुने उनको भनाइ छ। सभामुख र राष्ट्रिय सभाका अध्यक्ष नेकपा (एमाले) बाटै भएको अवस्थामा राष्ट्रपति समेत एमालेलाई नै दिँदा शक्ति सन्तुलन गुम्ने उनले बताए। देशमा राजनीतिक स्थायित्व कायम गर्न तथा संविधानको रक्षा गर्न राष्ट्रपतिमा सहमति हुनुपर्ने उनको भनाइ छ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रपति सहमतिबाटै हुनुपर्नेमा जोड दिए। अहिलेको गठबन्धनलाई खिचडी गठबन्धनको संज्ञा दिँदै अध्यक्ष नेपालले विचार नमिल्नेहरुको गठबन्धन भएको टिप्पणी गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×