काठमाडौँ - गायक रविन लिम्बुको स्वरमा सजिएको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतलाई डि.पी खनाल र सदु खनालले सयुक्त रुपमा लेखेका हुन्। गीतमा शंकर थापा ‘स्माइल’को संगीत छ भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ।
भिडियोमा नायक आर्यन सिग्देल र रुबीना थापा फिचर्ड छन्।
सुरेश पाण्डेले कोरियोग्राफी गरेको भिडियोलाई हिमाल श्रेष्ठले छायाँकन गरेका हुन्। अर्जुन जिसीले सम्पादन गरेको भिडियो सौरभ लामाको निर्देशनमा तयार पारिएको हो।