लखनउलाई हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

काठमाडौँ - गुजरात टाइटन्सले बुधबार रातिको खेलमा लखनउ सुपर जायन्टलाई हराउँदै इन्डियन प्रिमियर लिग आईपीएलका शीर्षस्थानमा कायम गरेको छ। यो वर्ष आईपीएलमा पहिलो पटक सहभागी बनेको गुजरातले १२ खेलमा नवौं जित निकाल्ने क्रममा लखनउलाई ६२ रनले हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले पुरा ओभर खेल्दै चार विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा उसले लखनउलाई १३ ओभर पाँच बलमा सम्पूर्ण विकेट गुमाएर ८२ रनमै समेटेपछि लखनउले ठूलो हार बेहोरेको हो।

गुजरातका लागि सुभमन गिलले सबैभन्दा धेरै ६३ रन बनाए भने लखनौका अभेष खानले दुई विकेट लिएका थिए।

दोस्रो पारीमा दीपक होडाले सर्वाधिक २७ रन बनाउँदा सात खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन्। यता रसिद खानले सर्वाधिक चार विकेट गिराएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×