कैलाली र कञ्चनपुर जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

कैलाली - कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो।

मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साताअघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछि आएको बाढीले बग्ने अवस्थामा पुगेको हो।

निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दुरी डेढ मिटरमात्र रहेको बताउँदै उनले समयमा पुल जोगाउन नसकिए आवातजावत नै बन्द हुने चिन्ता व्यक्त गरे।

२०६७ मा निर्माण भएको पुलमा दैनिक १० हजार बढीले आवतजावत गर्छन्। तर पुलको कटान रोकथामका लागि स्थानीय तह तथा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पुलको अवस्था बुझेर तत्काल कटान रोकथामको प्रक्रिया थाल्ने बताए। कञ्चनपुर प्रशासनसँग पनि समन्वय गरेर प्रक्रिया अगाडि बढाउने प्रजिअ थापाको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×