विद्युतीय कारोबारको सीमा बढ्यो

काठमाडौँ - विद्युतीय कारोबारमा जोड दि“दै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ। राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो।

राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट प्रतिदिन ३ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ। यसअघि प्रतिदिन २ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था थियो।

त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपिया“सम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि प्रतिदिन ५० हजार रुपिया“सम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो।

साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपिया“सम्म पठाउन सकिने भएको छ। यसअघि प्रतिदिन १ लाख रुपिया“ मात्रै पठाउन सकिन्थ्यो। प्रतिमहिना १० लाख रुपिया“सम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ।
नेपाल समाचारपत्र दैनिकबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×