मलाई यहाँसम्म ल्याइपुर्‍याउने दर्शकलाई नै निराश बनाउँदा म दुखी भएँ – अनमोल केसी

काठमाडौँ - छड्के २.०ले सोचे जस्तो सफलता हाँसिल गर्न नसकेपछि सुपरस्टार अनमोल केसी निकै चिन्तित रहेका छन्। उनले आफूलाई यस स्थानसम्म ल्याइपुर्‍याउने दशर्कलाई नै निराश बनाउँदा आफु निकै दुखी भएको अभिव्यक्ति आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन्।

“नमस्कार! मलाई थाहा छ, मैले "२.० छड्के' मार्फत मलाई माया गर्ने दर्शक हरुलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आईपुगे वहाँहरुलाईनै निराश बनाउदा म झनै दुखी भएको छु!” उनले भने, “२.० छड्के मेरो नवौं सिनेमा थियो, नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्थियो, यहाँनेर म चुक्न पुगेँ!”

उनले यो समय बितेर जाने र घाम डुबेपछि पुनः नयाँ बिहानी हुने कारण दर्शकसँग भविष्यमा सुनौलो बिहानी साट्ने प्रतिवद्धता जनाएका छन्। “बिस्वस्त हुनुस, यो समय पनि बितेर जान्छ, घाम डुबेपछी फेरि भोलि नयाँ बिहानी हुन्छ, म भोलीको सुनौलो बिहानी मेरा दर्शक संग साट्नेछु, दुखेका घाउ हरूमा मल्हम लगाउने छु!”, उनले भने, “अब नवौं पछिको दशौं सिनेमा दश पछिको शुन्य हटेपछि बन्ने "एक" अर्थात आज म सुन्यमा छु र मेरो करियरको पहिलो सिनेमा मेरो दशौ सिनेमा हुनेछ अर्थात मेरो करियरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ!”

उनले जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रहनेछ तब सम्म आफ्नो कोसिस निरन्तर जारी रहने बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×