मेस्सी बने ‘फिफा प्लेयर अफ दी इयर’

काठमाडौँ – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियनल मेस्सीलाई ‘फिफा प्लेयर अफ दी इयर २०२२’बाट सम्मानित गरेका छन्। फिफाले सोमबार राति गरेको ‘फिफा दी बेस्ट अवार्ड २०२२’ अन्तर्गत मेस्सीलाई पुरुषतर्फको ‘प्लेयर अफ दी इयर’ बाट सम्मानित गरेको हो।

विश्वकप विजेता अर्जेन्टीनाका कप्तान रहेका मेस्सीले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै उक्त अवार्ड जित्न सफल भएका हुन्। मेस्सी अर्जेन्टिना र पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्डका रुपमा खेल्दै आएका छन्। ३५ वर्षीय मेस्सीले आफ्नो क्लब र देशका लागि २०२१ देखि २०२२सम्ममा ४९ खेल खेल्दै २७ गोल गरेका छन्।

दोस्रो पटक प्लेयर अफ दी इयरको उपाधी पाएका मेस्सीले यस वर्ष आफ्ना लागी एकदमै उत्कृष्ट वर्ष रहेको बताएका छन्। उनले भने ‘यो मेरा लागि एकदमै उत्कृष्ट वर्ष भएको छ। यहाँ सम्म आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो। मेरा टिम मेटबिना म यो स्थानमा पक्कै हुन सक्दिन थिएँ।’

आफूले वर्षौंदेखि देखेको सपना पुरा गरेको बताउँदै उनले आफ्नो सपना निकै कम मानिसले पुरा गर्न सक्ने बताए। उनले आफूलाई यो कुराको लागि निकै भाग्यशाली महसुस गरेको समेत जानकारी दिए।

पेरिसमा सम्पन्न उक्त समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि दिलाएका लियोनल स्कालोनी वर्ष प्रशिक्षक घोषित भए भने इङल्यान्डकी प्रशिक्षक सरिना विगम्यान महिला तर्फको फिफा वर्ष प्रशिक्षक घोषित भइन्।

यसै गरी अर्जेन्टिना र एस्टोनभिल्लाका गोल रक्षक रहेका इमिलियानो मार्टिनेज फिफा ‘वेस्ट अवार्ड’ मा उत्कृष्ट गोलकिपर घोषित भएका छन् भने महिला तर्फ इङल्यान्डकी मारि इयर्प्स उत्कृष्ट गोलकिपर घोषित भइन्।

महिलातर्फको ‘प्लेयर अफ दी इयर’ अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×