मार्क्सवादको वैचारिक दृष्टिकोण पार्टीको कम्युनिष्ट आदर्श हाेः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले माक्र्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्ने बताएका छन् ।

समाजवादी अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले निरंकुशताविरुद्धको सङ्घर्षमा क्रियाशील हुँदै जनअधिकार तथा सामाजिक रुपान्तरणमा कम्युनिष्ट आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै अध्यक्ष नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज मातहतका कमिटीमा छलफलका क्रममा रहेका जानकारी दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देश विकास तथा समृद्धिका लागि श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायीको संरक्षण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक उत्पादन र औद्योगीकरणको खाँचो औँल्याए । उनले विश्व परिवेशमा परिवर्तित शक्ति सन्तुलनले राष्ट्रियतामाथि पार्ने प्रभाव, अस्थिरता तथा वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्न लोकतान्त्रिक र समाजवादी शक्तिहरूबीच कायम राजनीतिक अन्तरविरोध कम गर्नुपर्ने उल्लेख गरे ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान गरिबी, शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समस्या अन्त्य गर्न, सबै प्रकारका विभेद तथा भेदभाव निर्मूल गर्न समाजवादी वैचारिक कार्यदिशा सही हुनुपर्ने विचार व्यक्त गरे । उनले वर्तमान राजनीतिमा बढेको अविश्वासले प्रतिक्रियावादी शक्तिहरूलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य तथा समन्वयको खाँचो औँल्याए ।

महासचिव घनश्याम भुसालले मुलुकमा विद्यमान सम्पूर्ण समस्या र विकृति समाधानका लागि समाजवादी कार्यक्रम तथा परियोजना निर्माण तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

पार्टी सङ्गठन विभाग सचिव अशेष घिमिरेले सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैलाई आग्रह गर्दै उनले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि वैज्ञानिक समाजवादको महत्वमा जोड दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×