मिस पबि र भुवनको अभिनय मा “सिरसिर पिपल पातले“ सार्वजनिक

काठमाडौं - गीत संगीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित सिरसिर पिपल पातले बोलको  लोक गित सार्वजनिक भएको छ । गायक  सुरेश परियार र सम्झना गुरुङको स्वरमा रहेको यस गीतको लय तथा शब्द मनोहर भण्डारी हो भने एरेन्ज जय देवकोटा ले गरेका हुन,उक्त गीतको म्युजिक भिडियो मनोहर भण्डारी अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल  र लोकप्रिय मोडल पबित्रा साकि (मिस पबि) को दमदार अभिनय देख्न सकिन्छ ।

माया प्रेम ले भरिएको यस गीत निकै मार्मिक तथा मर्मस्पर्सी रहेको यस गीतका मोडल भुवन के पोखरेलको भनाइ रहेको छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको “ख्याल ठट्टा“ नामक टेलि सिरियल मा सालो को भुमिकामा अभिनय गर्ने चर्चित कलाकार  हुन ।

भुवनले अहिलेसम्म दुईदर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा  काम गर्दै आइरहेका छन । गितको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवन के पोखरेलले भने यो गीत अहिलेका युवा युवती को माया प्रेम  पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यस गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×