पाल्पामा करणी गरेको आरोपमा एक जना पक्राउ

पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको रामपुर नगरपालिका–५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाई शुक्रबार किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाको सन्दर्भमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×