हाप्किडो च्याम्पियनसिप प्रतियोगिताको लागि नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ - उज्बेकिस्तानको फर्गानामा हुन लागेको एसियाली हाप्किडो च्याम्पियनसिप प्रतियोगिता तथा अन्तर्राष्ट्रिय मास्टर सेमिनार २०२२ मा सहभागी हुन नेपाली प्रतिस्पर्धी खेलाडी सहितको टोली मंगलबार प्रस्थान गरेको छ।

२९ जुन देखि ३ जुलाईसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाल मार्सल आर्ट हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली उज्जेकिस्तान प्रस्थान गर्न लागेको हाप्किडो राष्ट्रिय खेलाडी विजयाकुमारी वाइवाले जानकारी दिएकी छिन्।

प्रतियोगितामा विजया कुमारी वाइवा, भुवन बुढा मगर, प्रवीण गुरुङ, कृती गिरि र गुमान घर्ती मगरले सहभागिता जनाउँदै छन्। प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो सङ्घकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी छिन्।

वाइवाले ५२ देखि ५५ केजी उमेर समूहमा प्रतिस्पर्धा गर्दैछिन्। जुलाई १ र २ तारिखमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×