त्रिशूलीमा वेपत्ता बसको खोजी जारी

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य तीव्र पारिएको छ ।

भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुईवटा बस त्रिशुली नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ । नदीमा पानीको सहत बढेकाले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी गरिरहेका छन् । चितवन प्रहरी प्रमुख भावेश रिमालले नारायणगढ–मुग्लिन सडकमा दुईवटा बस पहिरोले बगाएको खवर प्राप्त गर्नेबितिकै घटनास्थलमा पुगेर खोजी कार्य जारी राखेको जानकारी दिए ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेको थियो । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । काठमाडौंबाट गौर गइरहेको बसमा सवार तीन जनाले भने हामफलेर ज्यान बचाएका छन् । उनीहरुको उपचार भइरहेको रिमालले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×