राजनीति विकृतिप्रति तीखो व्यंग्य गरिएको गीत ‘झोले’

काठमाडौँ - भर्खरै सकिएको निर्वाचनको मतगणना जारी छ। विशेषगरी राजनीतिक विकृति र विसंगतिप्रति आम युवाहरुको निकै वितृष्णा जागेको देखिएको छ। पछिल्ला परिणामहरुले पनि त्यस्तो देखाएका छन्। यस्तै विषयलाई केन्द्रमा राखेर गीति कोशेली ‘झोले’ सार्वजनिक भएको छ।

यशोदा गैरेको प्रस्तुती रहेको गीतमा गायक सुमन मगरको स्वर एवम् बालकृष्ण गजुरेलको शब्द रहेको छ। यसैगरी, संगतीकार सुमन राईले संगीत संयोजन गरेका छन्। फरक ढंगले प्रस्तुत गरिएको गीतमा आधुनिक र्‍याप रहेको छ। विनोद गुरुङले गरेको र्‍यापमा हरेक विषयलाई कलात्मक ढंगले उठान गरिएको छ।

गीतले मूलतः राजनीतिक विृकतिमाथि प्रहार गरेको छ। २००७ सालको प्रजातन्त्र स्थापनाका निम्ति भएका त्याग, वलिदान र ठूला आन्दोलनहरु अहिले खेर गएको आशय दिएको छ।

राजनीतिका मालिक भएर पनि विचार, योजना र दृढताबिना अघि बढ्दा देश अधोगतितिर गएको जसका कारण शिक्षित युवाहरुले पनि राजनीतिक कार्यकर्ता हुनुपर्ने वा विदेश जान झोला बोक्नुपर्ने बाध्यताको विषयलाई र्यापको माध्यमबाट प्रस्तुत गरिएको छ। जनता आमरुपमा मतदाता मात्रै बनेको र चौतर्फी मारले पिल्सिरहेको उल्लेख छ।

गीतले आफ्नै देश र जनताका लागि समर्पित हुन सचेत पनि गराएको छ। पछिल्लो राजनीतिक अवस्था हेर्दा केही स्थानमा युवाहरुले निर्वाचन जितिरहेको अवस्था छ। जसरी यस गीतमा परिवर्तनको निम्ति घच्घच्याइएको छ अहिले चरितार्थ भएको अनुभूति हुन्छ।

गैरेको युट्युब च्यानलबाट सार्वजनिक गीत सो टिमको पहिलो प्रयास हो। यद्यपी हेर्नेहरुले समसामयिक र चोटिलो प्रसंग भन्दै प्रशंसा गरिरहेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×