काठमाडौँ - एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा परेको हो पोट ३ मा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान, सिरिया, प्यालेस्टाइन, चाइनिज ताइपेइ, म्यानमार, कतार, टिमोर लिस्टे र सिंगापुर छन्।
बहराइनमा हुने प्रतियोगिताको ‘ड्र’ मे २६ मा मलेसियाको राजधानी क्वालालम्पुरमा हुने छ।
छनोटमा एसियाका ४४ राष्ट्र सहभागी छन्। छनोट अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जोर्डन, किर्गिस्तान, ओमान, साउदी अरेबिया, ताजिकिस्तान, उज्वेकिस्तान र भियतनाम गरी १० देशमा आयोजना हुनेछ। एएफसीले बिहीबार भारतमा आयोजना हुने यू-२० पुरुष साफ च्याम्पियनसिपको खेल तालिका पनि सार्वजनिक गरेको थियो।
सार्वजनिक तालिका अनुसार नेपालले उद्घाटन खेलमा साउन ९ गते माल्दिभ्सको सामना गर्नेछ। यस्तै, नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ। १४ गते नेपालले भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।
प्रतियोगिताको फाइलन खेल २० गते हुनेछ। सिंगल राउण्ड रोविनको आधारमा हुने प्रतियोतिगाको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने छ।
शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्। एएफसीले यसअघि हुँदै आएको यू-१६ र यू- १९ को स्थानमा यू-१७ र यू- २० एसिया कप आयोजना गर्न लागेको हो।