बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित २ जना पक्राउ

काठमाडौं - अवैध रूपमा लुकाई छिपाई बाह्य  मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित रूसी नागरिक ४० वर्षीय सेर्जी कोरोतिख र २३ वर्षीया ईलिना शान्तिलोभालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा चेकिङ गर्ने क्रममा क्भ्च्न्भ्थ् प्इच्इत्प्क्ष्प्ज् लाई विभिन्न दरका गरी जम्मा १ लाख ८० हजार ९ सय युएई दिराम र ५ सय अमेरिकी डलर तथा ELENA SHATILOVA लाई १९ हजार २ सय अमेरिकी डलर र १४ हजार २ सय युएई दिराम सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्व  अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×