राधिका हमालको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक

काठमाडौँ - लोकप्रिय गायिका राधिका हमाल पुनको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक भएको छ। गीतमा उनकै शब्द र संगीत रहेको छ।

गीत गायनमा भने हमाललाई माण्डबी त्रिपाठी, जुनु रिजाल, रामचन्द्र काफ्ले, देवी घर्ती र राजु ढकालको स्वरमा साथ दिएका छन्। गीतको भिडियो निर्देशन स्मृति तिमिल्सिना गुरुयामाले गरेकी छिन्।

भिडियोमा सफल पुन, राधिका हमाल पुन, कृष्णबहादुर पुन, मण्डबी त्रिपाठी, विपिन आचार्य, जुनु रिजाल, रामचन्द्र काफ्ले, देवी घर्ती, राजु ढकाल, पूर्णकला बिसी, धन केपी, लक्ष्मी मल्ल, श्रीकृष्ण बम मल्ल, कुन्ती मोक्तान, शिला बहादुर मोक्तान लगायतका कलाकारको अभिनय रहेको छ। सुरेश श्रेष्ठले छायाङ्कन गरेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×