राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अधिवेशन फागुनमा

काठमाडौँ - मुलुकभरका लोक दोहोरी गीत संगीतमा लागेका श्रष्टाहरुको माउ सँस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं राष्ट्रिय अधिवेशन आगामी फागुनको दोश्रो साता धादिङमा हुने भएको छ।

प्रतिष्ठानको केन्द्रिय कार्यसमितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको प्रतिष्ठानको केन्द्रिय अध्यक्ष रमेश बिजीले राजधानीलाई बताएका छन्। उनले भने,‘एक दुई वटा विवादित जिल्लाहरु बाहेक बाँकी सबै जिल्लाको अधिवेशन सम्पन्न भईसकेको छ। अब हामी केन्द्रिय अधिवेशनको तयारीमा जुटेका छौं।’

कोरोनाको कारण बिगतमा २ वर्ष प्रतिष्ठानको कार्यहरु रोकाबट भए पनि कोरोना मत्थर भएपछि आफुहरुले रफ्तारमा काम गरेको पनि उनले बताएका छन्। आगामी आठौं अधिवशेन फागुन १२ देखि १४ गतेसम्म ३ दिन धादिङको सदरमुकाम धादिङ बेसीमा सम्पन्न गर्ने निर्णय भएको पनि उनले जानकारी गराएका छन्।

महाधिवेशन अघि प्रतिष्ठानले संस्थागत प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको  । नव निर्वाचित जिल्ला-समन्वय-विदेश- प्रदेश शाखाका अध्यक्षहरुलाई वधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रम आगामी माघको ६ र ७ गते चितवनको सौराहामा आयोजना गरिने पनि उनले जानकारी गराएका छन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ हुन्। प्रतिष्ठानले उनको सम्मानमा अबबाट आजिवन रुपमा मासिक ५ हजार रुपैयाँ भत्ता प्रदान गर्ने निर्णय आफुहरुले गरेको पनि अध्यक्ष रमेश बिजीले बताएका छन्।

प्रतिष्ठान गठन गरेर यहाँसम्म ल्याउनुका साथै नेपाली लोक दोहोरी गीत संगीतको विकाशमा सँस्थापक अध्यक्षको उल्लेख्य योगदान भएकाले उनलाई आजिवन मासिक भत्ता दिन लागिएको पनि अध्यक्ष बिजीले जानकारी गराएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×