झापास्थित सामुदायिक स्वास्थ्य एकाइलाई उपकरण हस्तान्तरण

काठमाडौँ - अत्याधुनिक प्रयोगशाला सेवा सुरु भएसँग झापा क्षेत्र नं १ का सामुदायिक स्वास्थ्य एकाइ थप सुविधासम्पन्न बन्न थालेका छन्।  

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मेचीनगरका विभिन्न आठ वडा र बुद्धशान्ति गाउँपालिकाको तीन वडामा रहेका चार सामुदायिक स्वास्थ्य एकाइलाई सो सेवा सञ्चालार्थ आवश्यक प्रयोगशाला उपकरण उपलब्ध गराइएको थियो। “सामुदायिक स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउन सामग्री प्रदान गरिएको हो”, सांसद राम कार्कीले भने, “यसबाट नागरिकले घरगाउँमै सेवा पाउनुका साथै संविधान प्रदत्त स्वास्थ्यको अधिकार सुनिश्चितता सहयोग पुग्नेछ।”

अघिल्लो आर्थिक वर्ष २०७७-७८ को योजनाअनुरुप गत साउनमा रु. ५७ लाख बराबरको प्रयोगशाला सामग्री उपलब्ध गराइएको सांसद कार्कीका स्वकीयसचिव शिबु बुढाथोकीले जानकारी दिए। ती मध्ये मेचीनगरका छ वडालाई हेमाटोलोजी एनालाइजर (पार्ट थ्री) मेसिन प्रदान गरिएको छ । यसले एकैपटक धेरै नमूना परीक्षण गर्न सकिन्छ। मेचीनगर–११ को स्वास्थ्य एकाइ धाइजन, वडा नं १४ को स्वास्थ्य एकाइ दुहागढी, वडा नं १० को स्वास्थ्य एकाइ धुलाबारी, वडा नं १५ को स्वास्थ्य एकाइ ज्यामिरगढी, वडा नं ६ को स्वास्थ्य एकाइ काँकरभिट्टा र वडा नं ४ को स्वास्थ्य एकाइ बाहुनडाँगीलाई हेमाटोलोजी एनालाइजर उपलब्ध गराइएको हो 

मेचीनगरका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले नगरका ११ वडाका स्वास्थ्य एकाइमा अत्याधुनिक प्रयोगशाला सेवा सञ्चालन हुन लागेको जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×