लक्ष्मी बैंकले ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’ बचत योजना

काठमाडौँ - लक्ष्मी बैंकले फिफा विश्वकपको अवसर पारेर नयाँ बचत योजना ल्याएको छ। बैंकले ‘सेभ लाइक अ च्याम्पियन (बचत गरौँ, च्याम्पियन बनौँ)’ भन्ने नारासहित बचत योजना ल्याएको हो।

गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाउ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यले यो बचत खाता सञ्चालनमा ल्याएको प्रसंग उल्लेख गरेको छ। यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरूको भविष्य उज्ज्वल बनाउन ‘बचत’को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकको भनाइ छ।

अभियान २० नोभेम्बर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म सञ्चालन हुने जनाइएको छ। यस अवधिमा बचत गर्ने निश्चित बचतकर्तालाई पूर्वस्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रिन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ, इमेल समाधानहरू) र खुत्रुकेलगायतका आकर्षक उपहारहरू प्रदान गरिने बैंकले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×