मुनव्वर फारुकी बने ‘लकअप’का विजेता

काठमाडौँ - भारतीय रियालिटी शो ‘लकअप’को पहिलो सिजनको उपाधि प्रतियोगी मुनव्वर फारुकीले जितेका छन्। बलिउड अभिनेत्री कंगना रणावतले सञ्चालन गरेको कार्यक्रमको फाइनलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन्।

सुरुवात देखि नै विभिन्न विवादका कारण चर्चामा रहेको यो कार्यक्रम करिब ७० दिनसम्म चलेको थियो। कार्यक्रमको फाइनलमा टप ६ प्रतिस्पर्धी रहेका थिए। कमेडी विधाबाट चर्चामा आएका मुनब्बर लकअप कार्यक्रमको सुरुवातमा प्रतिस्पर्धा गर्नमै संघर्ष गरिरहेका थिए। 

कार्यक्रममा विजेता बनेका मुनव्वरले २० लाख नगद सहित एउटा कार र ट्रफी पाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×