रेशम गिरीले ल्याए उपन्यास 'चक्रधूम'

पोखरा। रेशम गिरीको उपन्यास 'चक्रधूम'को विमोचन पोखरामा भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमबिच विमोचन गरिएको हो। उपन्यास नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले विमोचन गरेका हुन्। परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथामा आधारित उपन्यासको चर्चा परिचर्चा पनि कार्यक्रममा गरिएको थियो। कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, डोलराज अर्याल, डा.भूमिराज बस्ताकोटी, पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य कृष्णप्रसाद पौडेल, उपकुलपति गोरे गुरुङ, प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, प्रकाशक बिएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य बिसी आदि व्यक्तित्वहरुको उपस्थिती थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×