राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक

काठमाडौँ - आर्थिक वर्षको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नसकेको हो। 

सरकारले १८ कात्तिक शुक्रबारसम्म २ खर्ब २८ अर्ब २ करोड २९ लाखमात्र राजश्व उठाउन सकेको छ। यो अवधिमा ३ खर्ब ९ अर्ब ३८ लाख ५६ हजार रुपिया खर्च भइसकेको छ। 

आन्तरिक महालेखा परीक्षक कार्यालयका अनुसार हालसम्म गरेको कुल आम्दानी २ खर्ब ५४ अर्ब ७८ करोड ५२ लाख छ। यो भनेको खर्चको तुलनामा ५४ अर्ब ६० करोड ४ लाखले कम हो। राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×