न्यूकासल कारबाओ कपको अन्तिम ८ मा

काठमाडौँ - इंग्लिस क्लब न्यूकासल उनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सेन्ट जेम्स पार्कमा मंगलबार राति बर्नमाउथलाई पराजित गर्दै न्यूकासल अन्तिम ८ मा प्रवेश गरेको हो।

न्यूकासलले बर्नमाउथलाई १-० गोल अन्तरले पराजित गर्‍यो। बर्नमाउथका एडम स्मिथले ६७ औँ मिनेटमा आत्मघाती गोल गरेपछि न्यूकासलले जित हात पारेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×