'प्रेमगञ्ज'को पुरुष पात्रको क्यारेक्टर लूक्स

काठमाडौँ - नेपाली कथानक चलचित्र 'प्रेमगञ्ज'को प्रमुख पुरुष पात्रको क्यारेक्टर लुक्स सार्वचनीक भएको छ। छातिमा घाउ अनि आँखामा आँसु सहित कसैलाई हेरी रहेको राजा नाम गरेको पात्रलाई पोष्टरमा देख्न सिकन्छ।

यि फिल्ममा राजाको अभिनयमा कलाकार तेज गिरीलाई देख्न सकिन्छ। पेशाले बैंकर रहेका तेज बैंकिङ करियारमा सफल रहेता पनि फिल्म क्षेत्रमा भने उनको लामो समयदेखि संघर्ष चलिरहेको छ। उनले केहि फुट्कर अभिनयहरु विभिन्न चलचित्रहरुमा गरेको भएता पनि 'प्रेमगञ्ज'मा उनले पहिलो पटक मुख्य भूमिका निभाइरहेका छन्।

फिल्म आउँदो भदौ ३ गतेबाट देशभर प्रदर्शन हुँदैछ। यस फिल्ममा राजु फुयाँलको प्रस्तुति रहेको छ भने यसको लेखन तथा निर्देशन परिच्छेद सेन रहेका छन्। निर्देशक सेनले पनि यो फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। यसका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठको पनि यो फिल्म पहिलो रहेको छ। मुख्य कलाकार देखी निर्देशक सम्मको पहिलो प्रयास कस्तो होला त्यो भने हेर्न बाकी नै छ।

यस फिल्ममा अभिनेत्री बेनिशा हमालले नायकद्वय तेज गिरीलाई साथ दिएकी छिन्।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×