एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौँ - नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक बानेश्वरस्थित एक होटलमा बसिरहेको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्न सहमत भएपछि बैठक बोलाइएको हो। आफ्नो पार्टीको बैठकअघि नेपाल बालुवारटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए। बालुवाटार बैठकमा एमसीसी सम्झौता प्रतिनिधि सभाबाट आजै अनुमोदन गर्ने गठबन्धनले निर्णय गर्दै गर्दा नेपालले आजै नगर्न भनेका थिए। उनले पार्टीमा थप छलफल गर्नुपर्ने भन्दै समय मागेका थिए। तर, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब ढिलाइ गर्न नहुने भन्दै आजै अनुमोदन गर्नुपर्ने बताएका थिए।

बालुवाटारबाट बाहिरिएका नेपाल आफ्नो पार्टीको बैठमा सहभागी छन्। बैठकमा कानुन व्यवसायी गोविन्द बन्दी पनि सहभागी छन्। उनी एमसीसीलाई व्याख्यातमक टिप्पणीसहित पारित गर्नका लागि तयार पारिएको मस्यौदा निर्माणमा सहभागी थिए। मस्यौदाबारे एकीकृत समाजवादीका नेताहरूलाई 'ब्रिफिङ गर्न' उनलाई बोलाइएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×