आरआरआरको सिक्वेल बनाउने तयारीमा एसएस राजमौली, भन्छन्- स्क्रिप्ट तयार हुँदैछ

काठमाडौँ - घरेलु बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड रुपैंयाँ कमाई गरेको एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले भारतमा मात्र होइन, विश्वभरी नै धुम मच्चायो। रामचरण र जूनियर एनटीआर स्टारर फिल्म यति लोकप्रिय भयो कि दर्शकले यसको सिक्वेलको माग नै गरे।

ग्लोबलस्तरमा कैयौं प्रतिष्ठित अवार्ड शोको मनोनयनमा परेको फिल्मको सिक्वेलबारे अब निर्माण पक्षले तयारी सुरु गरेको छ। यसको पुष्टि स्वयं फिल्मका निर्देशक एसएस राजामौलीले गरेका छन्।

‘जब हामी यो बनाइरहेका थियौं, त्यो बेला हामीलाई सिक्वेलको बारेमा कुनै आइडिया नै थिएन। यसको सुरुवाती सफलताका साथ हामीले थोरै चर्चा गर्यौ र केही राम्रा विचार राख्यौं। तर हामीलाई सिक्वेलको कुनै आइडिया नै आएन।

तर, अन्तर्राष्ट्रिय सफलतापछि हामीले पुनः त्यो विचार अगाडि ल्यायौं। मेरो साख्खे भाई एमएम कीरावनी (जो मेरो कोर टिमको हिस्सा छ)ले सिक्वेलको कुरा गरेपछि हामीलाई एउटा राम्रो आइडिया आएको छ। हामीले यसमा काम सुरु गरिसकेका छौं’, उनले भनेका छन्।

एसएसका पिता विजयेन्द्र प्रसादले ‘आरआरआर’को सिक्वेलका लागि स्क्रिप्टको काम गरिरहेका छन्। एसएसका अनुसार विजयेन्द्र निकै गम्भीरताका साथ ‘आरआरआर’को सिक्वेलका लागि काम गरिरहेका छन्। ‘तर स्क्रिप्ट फाइनल भइसकेपछि स्क्रिप्ट हेरेर कस्तो भयो र त्यसलाई कसरी पर्दामा ल्याउन सकिन्छ भन्ने विषयमा सल्लाह गर्छौ’, उनले भनेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×