अभिनेता पल शाह कारागारबाट रिहा

काठमाडौँ - अभिनेता पल शाह कारागारबाट रिहा भएका छन्। उनले रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन्। उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद।’

कारागार बाहिर उभिएका उनका प्रसंशकहरुलाई हेरेर अभिवादन गरेका उनी निकै प्रफुल्ल मुद्रामा थिए। उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन्।

पलनिकट संगीतकार योगेशकाजीले दिएको जानकारी अनुसार पल आज पोखरा जानेछन्। एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी रहेको योगेशकाजीले बताए।

काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी देखिएका छन्।

बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन्। उनी सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×