रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

रुपन्देही - रुपन्देहीको सिद्धार्थनगर नगरपालीका–४ उधोगपुरीमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको हस्तीचौर घर भइ हाल सिद्धार्थनगर नगरपालिका–४ स्थित पौवा होटेलमा काम गर्ने अन्दाजी २३ वर्षीय सन्तोष खत्री रहेका छन्। 

खत्रीले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिदा उनी गम्भीर घाइते भएका थिए। 

खत्रीलाई उपचारको लागि भैरहवास्थित भीम अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×