बहराइन जान ज्याकलिन फर्नान्डेजले मागिन् अदालतसँग अनुमति

काठमाडौँ - भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डेजले २३ डिसेम्बरदेखि बहराइन भ्रमणको अनुमति मागेकी छिन्। दिल्लीको एक अदालतले प्रवर्तन निर्देशनालय (ईडी)लाई यसबारे विस्तृत जवाफ दिन भनेको छ।

पटियाला हाउस कोर्टका विशेष न्यायाधीश शैलेन्द्र मलिकले ईडीसँग जवाफ मागेका छन् र सुनुवाईको लागि डिसेम्बर २२ तोकेका छन्। ३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ। यो निकायले आर्थिक अपराधको अनुसन्धान गर्छ।

ईडीले ज्याकलिनसँग पटक-पटक सोधपुछ गरिसकेको छ। ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। उनीमाथि सुकेश चन्द्रशेखरबाट महंगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप लागेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×