आयरल्यान्डद्वारा नेपाल १६ रनले पराजित

काठमाडौँ- ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ। जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो।  

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो। आयरल्यान्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी माइकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ तथा सिमी सिंहले १ रन जोडे। 

नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले सर्वाधिक ४ विकेट लिए। यस्तै अविनाश बोहराले दुई तथा सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए। 

जवाफी ब्याटिङ गर्ने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए। यस्तै आशिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन बनाए। बलिङतर्फ आयरल्यान्डका लागि मार्क आदिर, सिमी सिंह, एन्डी माइकब्राइन र ब्यारी जनले दुई दुई विकेट लिए।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×