काठमाडौँ - काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ।
करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए। घटनाका विषयमा थप जानकारी भने आउन बाँकी रहेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।