सुर्खेत - जुम्लाका ८ वटै स्थानीय तहले आइतबार बजेट ल्याएका छन्। जिल्लाका ८ पालिकाले आगामी आर्थिक वर्ष ०८०(०८१ का लागि ३ अर्ब ३८ करोड बराबरको बजेट ल्याएका हुन्।
कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिएर पालिकाले बजेट ल्याएका छन्।सबैभन्दा बढी बजेट ल्याउनेमा चन्दननाथ नगरपालिका रहेको छ। यो नगरले ५५ करोड, १० लाख ८० हजारको बजेट ल्याएको छ।
यस्तै कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख ४३ हजार ८ सय ८१ रुपैयाँ, तिला गाउँपालिकाले ४४ करोड ९२ लाख ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड ४५ लाख ३७ हजार, तातोपानीले ४० करोड २५ लाख ८२ हजार २ सय, हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन्।