विश्वकप आयोजक कतारले घोषणा गर्‍यो २६ सदस्यीय टोली

काठमाडौँ - घरेलु मैदानमा पहिलोपटक हुनलागेको फिफा विश्वकपका लागि कतारले २६ सदस्यीय टोलीको घोषणा गरेको छ।

कतारका प्रशिक्षक फेलिक्स सान्चेजले कतारका सर्वाधिक गोलकर्ता अल्मोज अलि र अक्रम अफिफलाई आक्रमणको मुख्य जिम्मा दिएका छन्। अलिले कतारका लागि ८५ खेलमा ४२ गोल गरेका छन्।

कतारको टोलीमा १६० भन्दा बढी क्याप जितेका अनुभवी खेलाडी हसन अलि-हेडोस र मिडफिल्डर अल साद छन्।

समूह ‘ए’मा रहेको कतारले एक्वोडर, सेनेगल र नेदरल्याण्डसँग खेल्नेछ। 

कतारको टोली

गोलकिपर - साद अलसेब, मेशाल बर्शाम, युसेफ हसन 

डिफेन्डर - पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल(रावी, बोउलेम खाउखी, अब्देलकरिम हसन, होमाम अहमद, जसम गाबेर

मिडफिल्डर - अली असद, असिम मोदीबो, मोहम्मद अल वाद, सलेम (हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम, इस्माइल मोहम्मद

फरवार्ड - नैफ अल्धरामी, अहमद अलाउद्दिन, हसन अल–हेडोस, खालिद मुनीर, अक्रम अफिफ, अल्मोज अली, मोहम्मद मुन्तारी

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×