भरूवा बन्दुक सहित दुई जना पक्राउ

संखुवासभा - चैनपुर नगरपालिका–११ किङरिङ बस्ने ३७ वर्षीय लंक तामाङ र २६ वर्षीय तुलसी जिमीलाई १ थान भरूवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले सोही ठाउँ स्थित सुन्तला बारी छेउको जंगल भित्र घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×