थप १६७ मा कोरोना सङ्क्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप १६७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा छ हजार ४४७ जनाको पिसीआर परीक्षण गरिएको थियो।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १२५ पुगेको छ। पछिल्लो समय थप २२६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार ४९७ पुगेको छ।

कोरोनाबाट एकको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८३ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय दुई लाख ५५ हजार ४५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९७९ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×