जिम्बावेविरुद्धको दोस्रो टी-२० नहुने

काठमाडौं - जिम्बावे ‘ए’विरुद्धको दोस्रो टी-२० क्रिकेट प्रतियोगिता नहुने भएको छ। सोमबार पानी परेर नेपाल र जिम्बावेको खेल वर्षाका कारण स्थगित भएको थियो। क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ्‌ गर्दै गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन जोड्दा वर्षाभएपछि खेल रोकिएको थियो।

सोमबार नै खेल केही समयपछि सुरु हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएपनि पछि पानी परेका कारण खेल स्थगित भएको थियो।

सोमबार रोकिएको टी-२० खेल अब नहुने क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले अन्नपूर्णलाई बताए। उनले भने ‘हिजो वर्षाको कारण रद्ध भएको खेल रोकिएको छ, अब दोस्रो खेल नभइ सिधैं तेस्रो टी-२० बुधबार हुनेछ।’  

जिम्बावेको टोली २६ गते स्वेदश फर्किनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×