काठमाडौँ - कतारमा सम्पन्न विश्व कप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ। यो वर्ष कतारमा सम्पन्न विश्व कपमा १ सय ७२ गोलको कीर्तिमान बनेको छ।
आइतवार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्व कप फाइनलमा दुवै टिमले बराबर ३ गोल गर्दै कुल ६ गोल गरि खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए। फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको पेनाल्टी शुटआउटमा साविक विजेता फ्रान्सलाई ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि जित्न सफल भएको हो।
कतार विश्व कप अहिलेसम्मकै सर्वाधिक गोल हुने प्रतियोगिता भएको छ। सन् २०२२ को विश्व कपमा १ सय ७२ गोल भएको छ। सन् १९९८ र २०१४ को खेलहरूमा भएका समान १ सय ७१ गोलभन्दा यो १ गोलमात्र बढी हो।
स्पेनले कोस्टारिकालाई ७-० ले हराएको र इङ्ग्ल्यान्डले इरानमाथि ६-२ को जित हात पार्दा पनि समूह चरणमा छ गोलरहित बराबरी खेल भएका थिए। सन् २०२६ को संस्करणमा लगभग निश्चितरूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्व कप ४८ टोलीमा विस्तार हुनेछ। यसको अर्थ न्यूनतम ८० खेलको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ।
फिफाले १२ टोलीको ४ समूह वा १६ टोलीको ३ समूहमा खेलाउने निर्णय गर्नेछ।
कुन देशले कति गाेल गरे?
क्र. सं. देश खेल गाेल
१ फ्रान्स ७ १६
२ अर्जेन्टिना ७ १५
३ इङ्ग्ल्यान्ड ५ १३
४ पाेर्चुगल ५ १२
५ नेदरल्यान्ड्स ५ १०
६ स्पेन ४ ९
७ ब्राजिल ५ ८
८ क्राेएसिया ७ ८
९ जर्मनी ३ ६
१० माेरक्काे ७ ६
११ सेनेगल ४ ५
१२ जापान ४ ५
१३ स्विट्जरल्यान्ड ४ ५
१४ सर्बिया ३ ५
१५ घाना ३ ५
१६ दक्षिण काेरिया ४ ५
१७ अस्ट्रेलिया ४ ४
१८ इक्वेडर ३ ४
१९ इरान ३ ४
२० क्यामरुन ३ ४
२१ पाेल्यान्ड ४ ३
२२ साउदी अरेबिया ३ ३
२३ काेस्टारिका ३ ३
२४ अमेरिका ४ ३
२५ क्यानडा ३ २
२६ उरुग्वे ३ २
२७ मेक्सिकाे ३ २
२८ वेल्स ३ १
२९ ट्युनिसिया ३ १
३० कतार ३ १
३१ डेनमार्क ३ १
३२ बेल्जियम ३ १
जम्मा १७२