बायर्न म्युनिखको नजर रोनाल्डोमा

काठमाडौँ - जर्मन च्याम्पियन बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने योजना बनाएको छ।

बायर्नले आफ्नो मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्कीको विकल्पमा रोनाल्डो अनुबन्ध गर्ने योजना अघि सारेको हो। बायर्नले इंग्लिस क्लब लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरिसकेको छ।

तर, बायर्न आफ्नो आक्रमण अझै बलियो बनाउन चहान्छ। जर्मन पत्रिका एएसको अनुसार बायर्नले पोर्चुगिज स्टारलाई लोभ्याउने प्रयास गर्नेछन्। किनकि उनीहरुको लेवान्डोस्कीको ठाँउ लिने नयाँ फरवार्ड ल्याउने प्रयासमा छन्। 

स्पेनिस क्लब रियाल म्याड्रिडका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले यसअघि इटालियन क्लब युभेन्ट्सबाट पनि खेलिसकेका छन्। पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट व्यवसायिक खेल करिअर सुरु गरेका रोनाल्डोले अहिले इंंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा दोस्रो स्पेल बिताइरहेका छन्।

बायर्न छाड्ने घोषणा गरिसकेका लेवान्डोस्कीलाई क्याटलान क्लब बार्सिलोनाले ४० मिलियन युरोको प्रस्ताव अघि सारिसकेको छ। यसलाई बायर्नले स्वीकार्ने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×