काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग क्लब एभर्टनका मालिक फरहाद मोसिरीले क्लब बिक्रीमा नरहेको बताएका छन्। एभर्टनका मालिक मोसिरीले समर्थकलाई खुल्ला पत्र लेख्दै क्लब बिक्रीका लागि नराखिएको बताएका हुन्।
‘हाम्रो फुटबल क्लबमा भर्खरै लगानीको धेरै कुरा भएको छ। अधिग्रहणका लागि पनि’, उनले भनेका छन्, ‘म स्पष्ट गर्न चाहन्छु कि त्यहाँ कुनै बिक्रीको लागि चिन्ह हाल एभर्टन बाहिर झुण्डिएको छैन।’
मोसिरीले हालै पिटर केन्योनको नेतृत्वमा रहेको अमेरिकी कम्पनिसँग वार्ता गरेका थिए। उक्त कम्पनिले क्लब किन्न चाहेको भए पनि कुनै सम्झौता हुन सकेको थिएन। सन् २०१६ मा पहिलो पटक क्लबको शेयर किन्दा मोसिरीले एभर्टनमा ६०० मिलियन पाउण्डभन्दा बढी लगानी गरेका छन्। उनले जनवरीमा आफ्नो शेयर ९४.१% मा बढाएका थिए।
पछिल्लो पछिल्लो ३ सिजनदेखि क्लब ३७२ मिलियन पाउण्ड घाटामा गएको छ। गत सिजन १६ औं स्थानमा रहेको क्लबले मुस्किलले प्रिमियर लिगको हैसियत बचाएको थियो।