दुधको पैसा माग्दै विरोधमा उत्रिएका ३४ किसान पक्राउ

काठमाडौं । दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।

दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि बाँकी दूधको भुक्तानी दिन माग गर्दै बुधबार उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटकपटक गरेको सम्झौता÷सहमतिसमेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×