म्यान्चेस्टर युनाइटेडको फराकिलो जित

काठमाडौँ - म्यान्चेस्टर युनाइटेडले शुक्रबार ‘ए’ लिग क्लब मेलबर्न भिक्टोरीलाई ४-१ ले हराएर प्रिसिजनअन्तर्गत अस्ट्रेलियाको भ्रमणमा विजयी सुरुवात गरेको छ। मेलबर्न क्रिकेट मैदानमा भएको सो भिडन्त हेर्न रङ्गशालामा ७४ हजार १५७ दर्शकको उपस्थिति रहेको थियो।

३ दिनअघि थाइल्यान्डको बैङ्ककमा भएको मैत्री खेलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई पनि ४-० को फराकिलो अन्तरले हराएको थियो। नयाँ प्रशिक्षक इरिक टेन ह्यागको रेखदेखमा रहेको म्यान्चेस्टर युनाइटेड खेलको पाँचौँ मिनेटमा घरेलु टिमका खेलाडी क्रिस इकोनोमिडिसको गोलबाट पछाडि परेको थियो।

म्यान्चेस्टरका खेलाडीहरू ‘जेट ल्याग’को समस्यामा हुँदा पनि मेलबर्न भिक्टोरीले फाइदा उठाएको हो तर स्कट म्याकटोमिने र एन्थोनी मार्सियलको गोलबाट पूर्वाद्र्धमा नै म्यान्चेस्टर युनाइटेडले अग्रता बनायो। मध्यान्तरपछिको खेलमा मार्कस -यासफर्डले पनि गोल गरे।

म्यान्चेस्टर युनाइटेडलाई १ गोल ताहिथ चोङले आत्मघाती गोल गरेपछि उपहारका रूपमा प्राप्त भएको थियो। म्यान्चेस्टर युनाइटेडले मङ्गलवार मेलबर्नमा नै क्रिस्टल प्यालेससँग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×