घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ - भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। प्रत्येक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँदै आएको छ।

यसअनुसार, आज १६ तारिखमा नयाँ मूल्य सूची आएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ। यस्तै, डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ आसपास घटेर आएको निगमले जनाएको छ। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×