गंगाराम यादवले त्यागे एमाले, जसपामा जाने तयारी

धनुषा - नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन्। नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन्।

यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए। तर, नेकपा एमालेले सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई अघि सारेको छ। सोही कारण रुष्ट यादवले एमाले त्यागेको घोषणा गरेका हुन्। 

उनले आफूलाई पार्टीले मूल्यांकन नगरेका आरोप लगाएका छन्। एमालेले पुरानोलाई अवमूल्यन गरेर नयाँलाई मात्रै अवसर दिएको उनले आरोप लगाए। यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने तयारीमा छन्। जसपाले यादवलाई सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार बनाउने तयारी गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×