ब्याक गर्ने क्रममा टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौँ - काठमाडौंको दक्षिणकाली नगरपालिका–२, ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–१ का २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको हो।

हिजो साँझ करिब ६ बजे वाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनिटिपरले ‘ब्याक’ गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा सोमबारै साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त टिपरका चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×