महोत्तरी - महोत्तरीको औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा मजदुरको काम गर्ने एक व्यक्ति मृत फेला परेका छन्।
स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव इँटा भट्टाकै छाप्रोमा फेला परेको हो। मंगलवार मृत फेला परेका उनको शव पोष्टमार्टमका लागि प्रहरीले जलेश्वरस्थित प्रादेशिक अस्पताल राखेको छ।
मृतक झाको बायाँ आँखा फुटेको देखिएकाले हत्याको आशंका छ। महोत्तरीका एसपी कृष्ण पंगेनीले पनि घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको बताए।