काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र अर्थतन्त्रलाई स्थायीत्व दिने गरि आगामी आर्थिक बर्षको मौद्रीक नीति ल्याइने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अधिकारीले सरकारले लिएको आर्थिक बृद्धि हासिल हुने, बितिय क्षेत्रलाई चलाउन बनाउने तथा समग्र अर्थतन्त्रलाई स्थायीत्व दिने गरि आगामी आर्थिक बर्षको मौद्रीक नीति ल्याइने बताएका हुन् ।
बैंकिङ क्षेत्र, बाह्य क्षेत्रलाइ सवल बनाउदै विदेशी मुद्राको सहज सञ्चिती हुने कुराहरुलाई ध्यान दिदै राष्ट्र बैंकले नीति बनाउने उनले बताए । उने मौद्रीक नीतिको तयारी अन्तिम चरणमा पुगेको र बैंकर एशोसीयसनसंग छलफल गरेपछि अन्तिम रुप दिने जानकारी दिए ।
उनले बैंकका ऋण तिर्न नसक्ने अवस्था देखिएको भन्दै यसको समिक्षा गर्दै आवश्यक नीति बनाइने धारणा राखे ।