वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं - वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका–८ राजावास बस्ने ५३ वर्षीय मिन बहादुर मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत उदयपुरको २०७४ फागुन २१ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ३ महिना २४  दिन कैद सजाय र ४ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा बुझाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×