ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं - ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरू रामेछाप सुनापाती गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ हातिडाँडा बस्ने ५१ वर्षीय जित बहादुर मगर र रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने २७ वर्षीय चन्द्र बहादुर थापा मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मन्थली रामेछापबाट २०८१ जेठ २९ गते पक्राउ अनुमती प्राप्त भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×